मंगलबार, वैशाख ३०, २०८२

म्यानमार : सेना बिरुद्ध ३० जनाको नरसंहार गरेको आरोप

नेपालखोज २०७९ फागुन २९ गते १४:३०

म्यानमार । म्यानमारको सैन्य सरकारविरुद्ध लडिरहेको एउटा सशस्त्र समूहले सेनाले ३० जनाभन्दा बढीको हत्या गरेको जनाएको छ । ती मानिसले देशको दक्षिणी भागमा अवस्थित शान प्रान्तको एक बौद्ध विहारमा शरण लिएका थिए ।

जुन ठाउँमा यो घटना भएको हो, त्यो क्षेत्र शान प्रान्तको राजधानी नेपिताव र छिमेकी देश थाइल्याण्डको सिमानामा पर्छ । दुई वर्षअघि म्यानमारमा निर्वाचित सरकार बिरुद्ध कु गर्दै सेनाले देशको कमान्ड हातमा लिएपछि यो क्षेत्र चरम द्वन्द्वको साक्षी बनिरहेको छ ।

सशस्त्र समूह करेन्नी नेशनलिटीज डिफेन्स फोर्सले जारी गरेको भिडियोमा नाम निन गाउँको बौद्ध विहार अगाडि कम्तिमा २० वटा शव देख्न सकिन्छ । ती मध्ये केही शव बौद्ध भिक्षुका छन्।

प्रतिक्रिया