इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी
नेपालखोज
२०७९ फागुन २९ गते १६:०७

पाकिस्तान । पाकिस्तानको राजधानी इस्लामावादको एक अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा तेहरिक–ए–इन्साफका प्रमुख इमरान खानविरुद्ध गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले इमरान खानलाई मार्च २९ मा अदालतमा पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ । यसअघि सोमबार बिहान यो मुद्दाको सुनुवाइका क्रममा इमरान खानका वकिलले पेशिमा छुटका लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरि दियो ।
अदालतले कार्यालयको समयसम्म पर्खने र इमरान खान उपस्थित नभए उनको गिरफ्तारीको वारेन्ट जारी गरिने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया