बुधबार, वैशाख १२, २०८१

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकिकृत कारोबारको सुरु

नेपालखोज २०७९ फागुन २९ गते १६:१७

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । दुबै कम्पनीहरुले मर्जर मार्फत सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सालिको) ले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा बिशेष पूजा तथा कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी, सोमबार नैं बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३÷३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह) र त्यस्तै गरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह) अरुण राज श्रेष्ठ, (संस्थापक समूह) कमल भटृराई, (सर्बसाधारण समूह) गरि छ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।

त्यसैगरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष मुलले सोमबार नैं नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया