एमाले संसदीय दलको उपनेतामा नेम्वाङ
नेपालखोज
२०७९ फागुन २९ गते १८:५५

काठमाडाैं । नेकपा (एमाले)को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज संसदीय दलको उपनेतामा मनोनयन गरेका हुन् ।
इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत छन् । २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री भएका नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष थिए । अध्यक्ष ओलीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया