मंगलबार, असार १०, २०८२

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ फागुन ३० गते ६:१७

काठमाडाैं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशका पहाडी र तराईका केही भागमा आज हल्का वर्षाको सम्भावना रहेको तथा देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रही, तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने विभागले जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । 

विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया