ए डिभिजन लिग : आज तीन खेल हुँदै
नेपालखोज
२०७९ फागुन ३० गते ९:५२

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदै छन् । लिगको चौंथो चरण अन्तर्गत मंगलबार तीन खेलहरु हुन लागेको हो । जसमा एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ ।
संकटा दोस्रो जितको खोजीमा हुनेछ भने तीन खेलबाट चार अंक जोडेर संकटा आठौँ स्थानमा छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा हुनेछ । तीन खेलबाट नौ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।
आज काठमाडौंको दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
दशरथ रंगशालामै हुने दिनको दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । यो खेल बेलुका ५ः३० बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया