बिहीबार, वैशाख १३, २०८१

अब मोबाइल फोन मै ड्रोन क्यामेरा

नेपालखोज २०७९ फागुन ३० गते १२:२६

बजारमा नित्य नयाँ – नयाँ सुबिधायुक्त फोन आइरहेका छन् । यसक्रममा बहुचर्चित फोन कम्पनी भिभोले अन्य सबै फोन कम्पनीहरूलाई ठूलो चुनौती दिँदै एउटा यस्तो फोन लन्च गर्ने निर्णय गरेको छ, जसले हामी सबैलाई चकित तुल्याउँछ । यसको क्यामेरा असाधारण होइन्, बरु यसमा ड्रोन क्यामेरा नै जडान गरिएको छ ।

अब हामिले अलग ड्रोन क्यामेरा किनिरहनु पनि पर्दैन किनभने भिभोले आफ्नो नयाँ स्मार्टफोनमा यहि सुबिधा उपलब्ध गराउँदैछ । हामी कुरा गरिरहेका छौं, भिभोको त्यो ह्यान्डसेटको जसको नाम Vivo IQOO 11 5G राखिएको छ । यसमा साधारण ड्रोन क्यामेरा होइन् ।

उत्तम गुणस्तरको ड्रोन क्यामेरा प्रयोग गरिएको दाबा छ । यो ड्रोन क्यामेरा फोनले अरु सबै कम्पनीको पसिना छुटाएको छ। Vivo IQOO 11 स्मार्टफोनमा उत्कृष्ट गुणस्तरको क्यामेरा पनि पाईनेछ । उत्कृष्ट सुविधा तथा विशिष्टताहरू सँगै यसमा बलियो ब्याट्री ब्याकअप समेत रहनेछ । भिभोको यो नयाँ फोनमा के – कस्ता सुविधा एवं विशिष्टताहरू हुनेछन् विस्तारमा जानौं :

Vivo IQOO 11 का सुविधाहरू : भिभोको यो फोनमा ६.७ इन्चको फुल एचडी डिस्प्ले स्क्रिन दिइएको छ जुन पूर्ण गोरिल्ला ग्लास सुरक्षाका साथ उपलब्ध हुनेछ । प्रोसेसिंङ तर्फ यो फोन 5G स्मार्टफोन हो जसले Android 13 मा काम गर्छ । यो फोन दुई भण्डारण भेरियन्टहरू उपलब्ध हुनेछ । पहिलो 8GB RAM तथा 128GB आन्तरिक भण्डारण । अर्को 12 GB RAM तथा 256 GB आन्तरिक भण्डारण।

Vivo IQOO 11 Battery को ब्याट्री : यो स्मार्टफोनको ब्याट्रीमा 120W को फास्ट चार्जिङ सपोर्ट रहनेछ भने यसमा 5000mAh को बलियो र शक्तिशाली ब्याट्री दिइएको छ ।

Vivo IQOO 11 Camera : यसमा ट्रिपल क्यामेरा सेटअप रहनेछ । यसको प्राइमरी क्यामेरा ५० एमपी मेगापिक्सेलको छ । बाँकी दुई क्यामेरा १३ मेगापिक्सेल तथा ८ मेगापिक्सेलका छन् । सेल्फी र भिडियो कलिङका लागि यो फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ।

Vivo IQOO 11 Price : नेपालमा यो फोनको आधिकारिक मूल्य तत्काल थाहा हुन सकेको छैन । यो फोन नेपाली बजारमा सार्वजनिक भएपछि मात्र यसको सहि मुल्य थाहा हुनेछ । यद्यपि विदेशमा यो फोनको मूल्य ३८० अमेरिकी डलर छ अर्थात यो फोन नेपालमा ५० हजार रुपैयाँको हाराहारिमा उपलब्ध हुनसक्छ ।

प्रतिक्रिया