शनिबार, वैशाख २२, २०८१

कतै तपाइँको फोन ट्याप त भैरहेको छैन ?

नेपालखोज २०८० साउन २८ गते १२:२७

काठमाडाैं । धेरै पटक स्मार्टफोनले अनौठो तरिकाले काम गर्न थाल्छ र हामीलाई लाग्छ कि स्मार्टफोन ह्याङ्ग भएको छ तर यसको सत्यता कहिलेकाहीँ अचम्मको हुन्छ । यदि यस्तो बारम्बार भैरहेको छ र स्मार्टफोनले असामान्य व्यवहार गरिरहेको छ भने आज हामी तपाइँलाई केहि टिप्स दिँदैछौं जसबाट तपाइँ आफ्नो स्मार्टफोन ट्याप भैरहेको छ भनेर बुझ्न सक्षम हुनुहुनेछ। बजारमा इलेक्ट्रोम्याग्नेटिक डिटेक्टर उपलब्ध छ जसलाई स्मार्टफोनको नजिक ल्याउँदा विकिरण बढ्दै गएको देखिन्छ भने त्यसको अर्थ स्मार्टफोन ट्याप भैरहेको छ भन्ने हो ।

यदि आफ्नो स्मार्टफोन अत्याधिक तात्ने समस्या कायम रह्यो भने स्मार्टफोन ह्याक भएको वा ट्याप भैरहेको छ भन्ने शंका गर्नुपर्दछ । यदि स्मार्टफोनमा केहि एमबी डाटा प्रयोग गरेपछि सबै डाटा बिना कारण हराइरहेको छ भने पनि स्मार्टफोन ह्याक भएको सम्भावना उच्च हुन्छ ।

यदि स्मार्टफोन बिना कारण आफै ब्लिंक गरिरहेको छ , यसको डिस्प्ले स्वतः अन भैरहेको छ र यो समस्या धेरै दिन देखि लगातार देखा परिरहेको छ भने स्मार्टफोन ह्याक भएको सम्भावना प्रचुर छ । यदि स्मार्टफोन अत्यधिक ह्याङ्ग भैरहेको छ र तपाईले यसको पछाडिको कारण बुझ्नुभएको छैन भने स्मार्टफोन ट्याप भएको सम्भावना धेरै हुन्छ । यति मात्र होइन मेमोरी क्लियर गरिसकेपछि पनि यो समस्या कायम रह्यो भने यस्तो सम्भावना अझ बढी हुन्छ किनभने यस्ता कुराले स्मार्टफोन ट्यापिङतर्फ संकेत गर्छ ।

प्रतिक्रिया