मंगलबार, वैशाख ३०, २०८२

लगातार अनुपस्थित जापानी सांसद निष्कासित

नेपालखोज २०७९ फागुन ३० गते २०:३७

जापान । जापानी संसदको माथिल्लो सदनका सांसद योशिकाजु हिगाशितानीलाई संसद सदस्य बाट हटाईएको छ ।

योशिकाज़ू यूट्यूबमा एक लोकप्रिय नाम हो । गाशीको नामले चर्चित उनी युट्युबमा पोष्ट गरिएका सामग्रीका कारण चर्चामा रहन्छन् । युएईमा बस्दै आएका योशिकाजु गत वर्ष सांसद निर्वाचित भएपनि कुनै पनि अधिवेशनमा एकपटक पनि सहभागी भएनन् ।

गत साता उनलाई संसदको माथिल्लो सदनमा व्यक्तिगत रुपमा उपस्थित भई माफी माग्न भनिए पनि उनी उपस्थित भएनन् । त्यसपछि अनुशासन समितिले सर्वसम्मतिले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया