स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै अनसन
नेपालखोज
२०७९ चैत १ गते ११:२२

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई समितिका समूहले निर्वाचन समितिले धाँधलीपूर्ण गरेको भन्दै स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन बसेका छन् ।
स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरुको अनधिकृत रुपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीबाट १४ जनाले फागुन २७ गते राजीनामा दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया