बिहीबार, असार १९, २०८२

‘ए’ डिभिजन लिग : आर्मीलाई एपीएफले हरायो

नेपालखोज २०७९ चैत १ गते १७:१५

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले जित निकालेको छ ।

च्यासल मैदानमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।

जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

प्रतिक्रिया