आइतबार, जेठ ५, २०८२

नेपाल र यूएईबीचको खेलपूर्व क्यानको तीन बुँदे सुझाव

नेपालखोज २०७९ चैत १ गते २२:५४

काठमाडौं । आइसिसि विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालले आफ्नो अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । उक्त खेल टियू मैदानमा हुनेछ । बिहिवार हुने खेललाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट फ्यानहरुका लागि तीन बुँदे सुझाव सार्वजनिक गरेको छ ।

नेपाल र यूएईबीच हुने खेलको सम्पुर्ण टिकट विक्रि भइसकेको जानकारी गराइएको छ भने टियू क्रिकेट मैदानमा दर्शकको संख्या ठूलो अपेक्षा गरिएकाले समर्थकहरुलाई सुरक्षित र व्यवस्थित रुपमा उपस्थितिका लागि आग्रह गरिएको छ । संभावित हुलहुज्जत र दुर्घटनालाई ध्यानमा राख्दै बालबालिका र ज्येष्ठ नागरिकलाई घरबाटै नेपाली क्रिकेट टीमलाई समर्थनका लागि अपिल गरेको छ ।

भोलि हुने खेलमा यूएईलाई जितेमा नेपाली टीमले सिधैँ जिम्बाबेमा हुने विश्वकप छनौटका लागि क्यालिफायर बन्नेछ ।

प्रतिक्रिया