उपराष्ट्रपति निर्वाचन : सहमति जुटाउन आजपनि १० दलीय गठबन्धनको बैठक
नेपालखोज
२०७९ चैत २ गते ६:०८

काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज फेरि बस्दै छ । उपराष्ट्रपति उम्मेद्वार कसलाई साझा बनाउने भन्नेबारे निर्णय गर्न बुधबार साँझको बैठकले निर्णय गर्न नसके पछि आज फेरि बैठक बोलाइएको हाे ।
आज पनि बालुवाटारमै बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ । नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतका अनुसार बुधबारको बैठकमा पनि यही विषयमा छलफल भएको थियाे ।
उपराष्ट्रपतिका लागि गठबन्धनभित्रैबाट तीनसहित चार उम्मेद्वार प्रतिस्पर्धामा छन् । भोलि हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन दलहरू लागिपरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया