सोमबार, वैशाख २९, २०८२

बैंकिङ चिन्ताका बीच सेयर बजार ओरालो लाग्ने क्रम जारी

नेपालखोज २०७९ चैत २ गते १२:२४

काठमाडौं । सिलिकन भ्याली बैंकको पतनपछि सुरु भएको सेयर बजारको बिश्वब्यापी गिरावट अहिले पनि जारी छ । यस बिच बैंकिङ सेयर पुनः एकपटक ओरालो लागेको छ । क्रेडिट सुइस, स्विस बैंकिङमा सबैभन्दा ठूलो नाम मध्ये एक हो जसको शेयरमा २० प्रतिशतले गिरावट आएको छ। क्रेडिट सुइसका प्रमुख लगानीकर्ताले अब बैंकलाई आर्थिक सहयोग गर्न नसक्ने बताएका छन् ।

यसरी नै अहिले पूरै युरोपको शेयर बजारमा गिरावट आएको छ । एफ़टीएई १०० ले गत हप्ता ६ प्रतिशतको गिरावट दर्ता गरेको थियो । एजे बेलका निर्देशक रस मोल्डका अनुसार क्रेडिट एजेन्सी मूडीजले अमेरिकी बैंकिङ प्रणालीमा आफ्नो दृष्टिकोणलाई नकारात्मकु मा परिवर्तन गरेकाले लगानीकर्ताहरू ठूला बैंकहरूप्रति सतर्क हुनु अचम्मको कुरा होइन । स्रोत : बिबिसि

प्रतिक्रिया