सोमबार, चैत १०, २०८१

महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी कल सेन्टर’ को सुरुवात 

नेपालखोज २०८१ माघ २७ गते १६:४६

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतता उपलब्ध सेवामा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो । 

Advertisement

बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’ बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, गा्रहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवासम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङसम्बन्धी आइपर्ने प्राविधिक समस्याको सम्बोधन गर्ने, ग्राहकबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्य गर्नेछ । बैंकले एक निश्चित समय भित्र कल सेन्टर मार्फत आएका गुनासो/जिज्ञासा/उजुरीको सम्बोधन गर्नेछ । 

यस अन्तर्गत ग्राहकले फोन नम्बर ०१-५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेल ठेगानामा इमेल गर्न सक्नेछन् । यसबाट ग्राहकको समस्याको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । 

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । 

प्रतिक्रिया