चैत ६ गते विश्वासको मत लिने वातावरण मिलाइदिन प्रधानमन्त्रीकाे संसद्लाई पत्र
नेपालखोज
२०७९ चैत २ गते १७:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
चैत ६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । संघीय संसद् सचिवालयले विश्वासको मत लिनका व्यवस्था मिलाइ दिन भन्दै बिहीबार पत्र पठाएका हुन् ।
अहिलेको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया