आइतबार, जेठ ५, २०८२

यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा छनाेट

नेपालखोज २०७९ चैत २ गते १७:४५

काठमाडौं । नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक खेलमा जित हासिल गरेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको किर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरुले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारम ९ रनले अगाडि भएको हो ।

प्रतिक्रिया