स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयको सबै आंगिक क्याम्पसको निर्वाचन स्थगित
नेपालखोज
२०७९ चैत २ गते १८:३०

काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भोलि हुने भनिएको स्ववियु निर्वाचन रोक्न आदेश दिएको हो ।
बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटा आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले जानकारी दिए ।
यस्तै मंगलबार विश्वविद्यालयअन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

सम्बन्धित
प्रतिक्रिया