शनिबार, चैत ११, २०७९

बिहीबार जप्नुहोस् भगवान् विष्णुको मन्त्र

नेपालखोज २०७९ चैत ३ गते ६:४०

बिहीबार भगवान विष्णु प्रति समर्पित दिन हो । य‍ो दिन विष्णुको मन्त्र जप गर्नाले धेरै प्रकारका समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ, चाहे त्यो स्वास्थ्यसँग सम्बन्धित समस्या होस् चाहे पैसासँग सम्बन्धित । श्री कृष्ण गोविन्द हरे मुरारे , हे नाथ नारायण वासुदेव नम : भगवान विष्णुको यो मन्त्र निकै प्रसिद्ध छ ।

यसको मतलब हे भगवान तपाईंले सबैलाई आकर्षित गर्नुहुन्छ । तपाईँले मलाई पनि आफ्नो भक्तितर्फ आकर्षित गर्नुभएको छ । तपाईं गोविन्द पनि हो, मुरारी पनि हो । भगवान् कृष्ण गाईको रक्षक हुन्, भगवान इन्द्रले कृष्णलाई पवित्र पानी छर्केर गोविन्द नाम दिएका । भगवान कृष्णले आफ्नो भन्दा गाईको ख्याल गर्नुहुन्थ्यो । भगवान् कृष्णले मुरा नामक राक्षसलाई मारेका थिए । हे नाथ , तपाईं भगवान, गुरु र म तपाईंको सन्तान ।

तपाईं मेरो जीवनको उद्धारकर्ता हुनुहुन्छ । तपाईंले मलाई सबै दुखहरूबाट रक्षा गर्नुहुन्छ प्रभु । ओम नमो भगवते वासुदेवाय नम : यो भगवान विष्णुको प्रसिद्ध मन्त्र हो । यो मन्त्र भगवान विष्णु र भगवान कृष्ण दुबैका लागि जप गरिन्छ । यसमा तान्त्रिक र पुराणिक दुई परम्परा छन् । ऋषि प्रजापति तान्त्रिक परम्परामा र ऋषि नारद पुराणिक परम्परामा आउँछन् । दुबैको एउटै भनाइ छ कि यो मन्त्र सर्वोच्च विष्णु मन्त्र हो ।

यो मन्त्रलाई मुक्तिको मन्त्र भनिन्छ र मोक्ष प्राप्तिका लागि आध्यात्मिक सूत्र मानिन्छ । ओम विष्णवे नम : यो मन्त्र शक्तिशाली छ । यसको नियमित जप गर्नाले निको नहुने रोगबाट मुक्ति मिल्छ । मानिस समृद्ध र स्वस्थ रहन्छ । यो महामन्त्र जप गर्दा मानिसलाई कुनै पनि प्रकारको शारीरिक पीडा हुँदैन ।

ओम हे कार्तवीर्यर्जुनो नाम राजा बहु सहस्त्रवान् । यस्य स्मरेण मात्रेन हतां नस्थान च लभ्यते : भगवान विष्णुको यो मन्त्र धेरै लाभदायक छ । धार्मिक मान्यता अनुसार यदि कुनै व्यक्तिको कुनै सम्पत्ति हराएमा र उसले त्य्सको पुनः प्राप्त चाहन्छ भने यो मन्त्र जाप गर्नुपर्छ ।

प्रतिक्रिया