शुक्रबार, असार ६, २०८२

कांग्रेसलाई ओलीको जवाफ- प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन

नेपालखोज २०७९ चैत ३ गते १५:०७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु नपर्ने बताएका छन् ।

फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको अभिव्यक्ति दिएका थिए । तर, त्यसलगत्तै काँग्रेस महामन्त्री गगन थापाले ओलीलाई जवाफ फर्काउँदै २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए । त्यसको जवाफ आज ओलीले फर्काएका हुन् ।

उपराष्टपतिको चुनावबाट मतदान गरेर फर्कने क्रममा ओलीले कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन भन्दै जवाफ फर्काएका छन् ।

उनले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरुको यो कुराले उहाँहरुभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्‍यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’

प्रतिक्रिया