प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता
नेपालखोज
२०७९ चैत ३ गते १६:१३

काठमाडौं । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका विद्युतीय गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास बैंकले लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया