उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

नेपालखोज २०७९ चैत ३ गते १६:३७

काठमाडौं । रामसहाय प्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भएका हुन्।

उनले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका थिए । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले मत दिएका थिए ।

प्रतिक्रिया