मंगलबार, वैशाख ११, २०८१

धर्म

प्रेम पुन मगर २०७९ चैत ४ गते ९:०९

हर्कलाल दम्पतीलाई आज संसारभरको खुशी आफ्नै भागमा परेको जस्तै भएको थियो । एकमात्र छोरा राजन अमेरिका गएर उतै बिवाहा गरेको थियो । उनीहरू धर्मकर्ममा खुब विस्वास राख्थे ।

हर्क दम्पतीले दस बर्षपछि नातिनातिना सहित आएका छोराबुहारीलाई घरका दरदेवता सम्झदै टिकाटालो गर्दा बुहारी पन्छिन खोजिन् । तब मात्र उनीहरू छाङ्गाबाट खसे सरह भए ।

हर्कलालले बल्ल सोधे- ‘होइन बुहारी कुन जातधर्मका हौ र?’ बुहारी बोल्नै लाग्दा उनलाई रोक्दै छोरो राजन बोल्यो- ‘धर्म जात भन्ने चिज मान्छेले चलाएको चलन हो बुवा। जुन ठाउँमा आफुलाई जे गर्दा सहज हुन्छ। त्यही मान्ने हो।’

‘त्यसोभए बुहारीको के धर्म हो त ?’ उनको प्रश्नमा छोरो बोल्यो – ‘यिनीसँगको बिहेपछि मैले पनि हाम्रो धर्म त्यागेँ बुवा ।’ ‘कुन धर्म अपनाइस् त?’ बुवाको प्रश्नमा राजनले भन्यो- ‘हामीले मानव धर्म निभाए पुग्छ नि बुवा।’

प्रतिक्रिया