अमृतपाल सिंह फरार, वारिस पञ्जाब दे विरुद्ध पञ्जाब प्रहरीको कारवाहि, ७८ जना पक्राउ

काठमाडौं । पञ्जाब पुलिसले शनिबार वारिस पञ्जाब देु संगठनका प्रमुख अमृतपाल सिंह र संगठनका अन्य सदस्यहरू विरुद्ध राज्यव्यापी अभियान सुरु गरेको छ। प्रहरीका अनुसार अमृतपाल सिंह अझै प्रहरीको पहुँचबाट टाढा छन् तर अहिलेसम्म जम्मा ७८ जना पक्राउ परेका छन् ।
अन्य धेरैलाई सोधपुछका लागि हिरासतमा राखिएको छ । कारबाहीका क्रममा प्रहरीले नौ थान हतियार समेत बरामद गरेको छ । आपराधिक मुद्धा दर्ता भएका व्यक्तिहरु विरुद्ध यो कारबाही भैरहेको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीलाई लिएर राज्यका धेरै ठाउँमा तनाव छ । प्रहरीले धेरै जिल्लामा धारा १४४ लगाएको छ भने आइतबार दिउँसो १२ बजेसम्म इन्टरनेट बन्द गर्ने घोषणा गरेको छ । प्रहरीको कारवाहीविरुद्ध कतिपय ठाउँमा विरोध प्रदर्शन समेत भएका छन् ।
यता पञ्जाबका क्याबिनेट मन्त्री बलबीर सिंहले यो कारबाही कानून अन्तर्गत भैरहेको बताएका छन् ।
अमृतपाल सिंह फरार
पञ्जाब प्रहरीका प्रवक्ताले शनिबार दिउँसो जलन्धर जिल्लाको शाहकोट मलसैन रोडमा ‘वारिस पञ्जाब दे’ संगठनका कार्यकर्ताुलाई पक्राउ गरिएको बताए । उक्त ठाउँबाट सात जनालाई पक्राउ गरिएको थियो जसबाट १।३१५ बोरको राइफल , ७ थान १२ बोरको राइफल , एक रिभल्भर तथा ३ सय ७३ थान कारतूस समेत बरामद भएको छ । प्रहरी प्रवक्ताले वारिस पञ्जाब दे संग सम्बन्धित व्यक्तिहरु विरुद्ध चार आपराधिक मुद्दा रहेको बताए जसमा जनमानसमा घृणा फैलाउने, ज्यान मार्ने प्रयास, प्रहरीमाथि आक्रमण र प्रहरी कारबाहीमा अवरोध गरेको आरोप छ । उनले अजनाला प्रहरी चौकीमा आक्रमण गरेको भन्दै वारिस पञ्जाबका कार्यकर्ताहरू विरुद्ध मुद्दा दर्ता गरिएको बताए।
प्रहरी प्रवक्ताले अपराध गर्ने सबैलाई कानुनबमोजिम कारबाही गरिने बताएका छन । सबै वान्टेड व्यक्तिहरूले आफूलाई प्रहरी समक्ष उपस्थित गर्नुपर्छ । संविधानले पाएको कानुनी अधिकारलाई आफ्नो रक्षाका लागि प्रयोग गर्ने मौका सबैले पाउनेछन् ।
इन्टरनेट ब्लक
सामाजिक सञ्जालमा यस्ता धेरै भिडियो शेयर भैरहेका छन् जसमा प्रहरीले अमृतपाल र उनका समर्थकलाई पछ्याइरहेको देखिन्छ ।
यसबीच, पञ्जाब प्रहरीले राज्यमा आज आइतबार दिउँसो १२ बजेसम्मका लागि इन्टरनेट सेवा बन्द गरिएको जानकारी दिएको छ । राज्यका अनेकन जिल्लामा धारा १४४ लगाइएको छ । पञ्जाब पुलिसको आधिकारिक ट्विटर खाताबाट जारी गरिएको ट्वीटमा मानिसहरूलाई शान्ति र सद्भाव कायम राख्न भनिएको छ। ट्विटमा भनिएको छ, ‘पन्जाब पुलिसले कानून र व्यवस्था कायम राख्न काम गरिरहेको छ। नागरिकहरूलाई नडराउन अनुरोध गरिन्छ । कृपया फेक न्युज वा घृणायुक्त अभिव्यक्ति नफैलाउनुहोस् ।’
के भने अमृतपाल सिंहका बुवाले ?
अमृतपाल सिंहको गाउँ जल्लुपुर खेडामा प्रहरी सुरक्षाको कडा व्यवस्था गरिएको छ । अमृतपाल सिंहको घर बाहिर पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । अमृतपाल सिंहका बुबा तरसेम सिंहले भने, हाम्रो घरमा कैयौं घण्टा प्रहरी अपरेशन भयो, यो सबै राजनीतिको आडमा भैरहेको छ, मलाई थाहा छैन अमृतपाल कहाँ छरुू बीबीसी पञ्जाबका अनुसार शाहकोटमा ठूलो मात्रामा प्रहरीको उपस्थिति छ र विभिन्न ठाउँमा प्रहरी नाकाबन्दी देखिएको छ । लुधियानाको सिधवान बेटमा स्थानीय मानिसहरूको ठूलो भीड देखिन्छ ।
सिधवन बेट नजिकैको पुल मानिसहरुको भीडले अवरुद्ध गरेपछि उक्त क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको थियो । अमृतपालका समर्थकले मोहालीमा सडक अवरुद्ध गरेका छन् । उनीहरूले गुरुद्वारा सोहना साहिब नजिकै पनि सडक जाम गरे ।
छलफलमा अमृतपाल
अमृतपाल सिंहले आफ्ना सहकर्मीलाई रिहा गर्न पञ्जाबको अजनाला प्रहरी चौकीमा घेराबन्दी गरेका थिए । त्यस क्रममा निकै हंगामा भएको थियो ।
अमृतपाल सिंह सयौं समर्थकसहित प्रहरी चौकी पुगेका थिए । तिनीहरूमध्ये केहीसँग बन्दुक र तरवार पनि थिए। अमृतपाललाई १९८४ मा अपरेशन ब्लुस्टारमा मारिएका जर्नेल सिंह भिण्डरवाले वालेसँग पनि तुलना गरिन्छ । कतिपयले उनलाई भिण्डरवाले २।० नाम पनि दिएका छन् ।
प्रतिक्रिया