बिहीबार, असार ५, २०८२

कांग्रेस कार्य सम्पादन र संसदीय दलको बैठक बस्दै

नेपालखोज २०७९ चैत ५ गते ८:४९

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ ।

कार्य सम्पादन समितिको बैठक बिहान साढे १० बजे संसद् भवनको शंकर हलमा र मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ ।

दुवै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार लिने विश्वासको मतलगायतका विषयमा छलफल हुनेछ ।

नेकपा (एमाले) सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक पनि आइतबार नै दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया