बिहीबार, असार ५, २०८२

स्ववियु निर्वाचनमा मतदान सुरू

नेपालखोज २०७९ चैत ५ गते ८:५३

मतदानका लागि लाइन बसेका विद्यार्थीहरू ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने छ ।

विद्यार्थीहरुबीच झडप हुनसक्ने त्रासले निर्वाचन हुने क्याम्पस आसपासका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर मतदान सुरू गरिएको छ । त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुन लागेको हो ।

निर्वाचनमा मूख्य प्रतिस्पर्धा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुको मोर्चा र नेकपा (एमाले) विद्यार्थी संगठन अनेरास्ववियुबीच हुने छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो ।

प्रतिक्रिया