शुक्रबार, जेठ ४, २०८१

यी हुन् विश्वका दश खुसी राष्ट्र

नेपालखोज २०७९ चैत २ गते १४:१८

काठमाडाैं । फिनल्यान्ड फेरि एक पटक विश्वको सबैभन्दा खुसी देश बनेको छ । संयुक्त रास्ट्र संघ द्वारा प्रायोजित ह्ह्याप्पिनेस ईन्डक्स ( Happiness Index – २०२३ ) ले के भन्छ हेरौं ?

पाँचौं पटक सबैभन्दा खुसी देश

फिनल्यान्ड लगातार पाँचौं पटक विश्वको सबैभन्दा खुसी राष्ट्र घोषित भएको छ । नेपाल यो सुचिको ८५ औं स्थानमा छ । यो सुचिमा नेपाल भन्दा ठिक माथि (८४) अर्मानिया तथा ठिक तल बुल्गेरिया छ । यसैगरि दक्षिण एशियाका बंगलादेश (९९), पाकिस्तान (१०३) तथा श्री लंका (१२६ ) औं स्थान सहित नेपाल भन्दा तल छन । आश्चर्य त के भने यो वर्ष भारत १४६ देशको यो सूचीको १३६ औं नम्बरमा छ । भारत ति दश देशहरूमा समावेश छ जसको वरीयता सबैभन्दा धेरै घटेको छ । भारत आफ्ना सबै छिमेकी देशहरू बीच सबैभन्दा खराब रैंकिंङमा छ । भुटान यो सुचिको आठौं नम्बरमा छ भने हाम्रो अर्को निकट छिमेकी चिन ८२ औं नम्बरमा छ । खुसी देशको सूचीको सबैभन्दा तल अर्थात पुछारमा अफगानिस्तान (१४६) छ । अफगानिस्तान भन्दा ठिक माथि जिम्बाब्वे (१४५) तथा लेबनान (१४४) छन् ।

शीर्ष १० मा आठ युरोपेली देश

वल्र्ड ह्याप्पिनेस इन्डेक्सका शीर्ष १० देशमध्ये ८ युरोपका छन् । दोस्रो नम्बरमा डेनमार्क छ । त्यसपछि स्विट्जरल्याण्ड,आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन तथा लक्जमबर्गको नम्बर छ । यो सूचीमा इजरायल नवौं नम्बरमा छ भने न्युजिल्यान्ड दशौं नम्बरमा छ ।

सबै भन्दा राम्रो प्रदर्शन
यो वर्ष बुल्गेरिया, रोमानिया र सर्बियाको वरियतामा सबैभन्दा ठूलो उछाल आएको छ । अमेरिकाको वरियतामा तीन अंकले सुधार भई १६ औं स्थानमा पुगेको छ । फ्रान्स २० नम्बरमा छ, जुन उसका लागि दस वर्षयताकै उत्कृष्ट वरीयता हो।

पछिल्लो १० वर्षमा क्यानाडाको वरियतामा ठूलो गिरावट आएको छ। सन् २०१२ मा पहिलो पटक ह्याप्पिनेस इन्डेक्स रिपोर्ट जारी हुँदा क्यानाडा पाँचौं नम्बरमा थियो। यसपटक उसको स्थान १४ नम्बरमा छ ।

संसारको सबैभन्दा खुसी देश निर्धारण गर्न, शोधकर्ताहरूले विगत तीन वर्षको डाटा विश्लेषण गरेका थिए । उनिहरुले यसका लागि विशेष गरी छ वटा कुरा प्रति व्यक्ति सकल घरेलु उत्पादन, सामाजिक समर्थन, स्वस्थ जीवन, आफ्नो जीवन छनौट गर्ने स्वतन्त्रता, सामान्य जनसंख्याको उदारता, तथा भ्रष्टाचारको स्तर लाई आधार बनाएका थिए ।

प्रतिक्रिया