जडौरी लुगाले धानिएको महावीरको ३२ बर्ष

महावीर पुन, एक नेपाली वैज्ञानिक । जस्को नेतृत्वमा राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनमा छ । पुन त्यस्ता व्यक्ति हुन्, जस्ले ३२ बर्षदेखि लुगाफाटो किनेका छैनन् । उनी जडौरी परिहन लगाएर जीवन चलाउँछन् । उनी भन्छन्, ‘पहिले शिक्षक हुँदा अक्कल झुक्कल लुगा किन्थे । मैले लुगा नकिनेको ३२ बर्ष भयो । १९८९ मा अमेरिका गएपछि मैले मेरै लागि लुगा किनेको छैन् ।’
अमेरिकामा कलेज पढ्दा साथीहरुले राम्रा लुगा गार्वेजमा फाल्न लागेको देखेपछि मैले उनीहरुलाई सोधेँ । यति राम्रो कपडा किन फाल्न लागेको ? उनीहरुले रहर पुगेकाले फाल्न खोजेको बताए । त्यसपछि मैले उनीहरुले फाल्न ठिक पारेको कपडा माग्दै लगाउन थाले । एवम रितले महावीरले सेकेण्ड हेण्ड कपडा लगाउँछ भन्ने कुरा एक कान, दुई कान हुँदै साथीभाईमा फैलिएपछि उनीहरुलाई रहर पुगेपछि आफूलाई दिने गरेको पुन बताउँछन् ।
महावीर पुन भन्छन्, ‘त्यो क्रम अहिलेसम्म चलिरहेको छ । जस्तो पछिल्लो पटक पनि अमेरिका गएँ । साथीहरुले किनेर राखेका थुप्रो कपडा उपहार पाएँ । तर ती कपडा अन्य साथीभाईलाई बाँडिसके । कपडा थुप्रो पारेर कुनै काम छैन् ।’ दुई जोर कपडा भए बर्षदिन जाने उनले बताए ।
सरल जीवनशैलीका उनी जीविकोपार्जनका लागि नकमाएको पुन बताउँछन् । ‘म समाजकै लागि काम गरिरहेको छु । समाजले नै मलाई पालिरहेको छ । मेरो लागि कमाउने गरेको छैन् ।’उद्यपि, उनका परिवार पनि छन् । परिवारमा एक श्रीमति र दुई छोरी छन् । उनीहरु पोखरामा बस्छन् । उनी भन्छन्, ‘परिवारको खर्चका लागि पनि म कमाउँदिन । साथीभाईकै सहयोगबाट चलिरहेको छ । कुनै पनि पारिवारिक तनाव छैन् ।’
जागिर नखाने प्रण गरेका वैज्ञानिक पुन पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका पुगेका थिए । अन्डर ग्राजुयट गरेका उनले १९९२ मा नेपाल फर्केपछि पुनः अमेरिका गएनन् । नेपाल फर्केपछि ८ बर्ष गाउँमा सामाजिक काममा विताएका उनले उनी जन्मेको दुर्गम गाउँमा म्याग्दीको नाङगी गाउँमा ताररहित इन्टरनेट प्रविधिको पहुँच पुर्याएका थिए । सोही कामबाट उनको कामको तारिफ भएको थियो । अहिले राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरेर इनोभेसनका काममा सक्रिय छन् । पुनले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मान पाइसकेका छन् ।
प्रतिक्रिया