बिहीबार, असार ५, २०८२

काँग्रेसले बनायो मन्त्री छान्ने मापदण्ड

नेपालखोज २०७९ चैत ५ गते १२:४४

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा सहभागी बन्ने निर्णयमा पुगेको नेपाली कांग्रेसले मन्त्री छान्नका लागि मापदण्ड बनाएको छ ।

आज विहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ । यही मापदण्डका आधारमा नेतृत्वले सबैको सुझाव सल्लाह लिएर क–कसलाई पठाउने भन्ने निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

डा. महतका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै काँग्रेस सरकारमा सहभागी हुनेछ । सोही बैठकले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । काँग्रेस आजको संसदमा प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ ।

प्रतिक्रिया