नेपालखोज दिनभरी : खबर सारांश
राहदानी प्रकरणमा रवि लामिछानेमाथि मुद्दा चलाउन नपर्ने निष्कर्ष ।
अन्तरिम आदेशका मुद्दालाई सुनुवाइमा प्राथमिकता दिने ।
कांग्रेस सरकारमा सहभागी हुने, बनायो मन्त्री छान्ने मापदण्ड ।
प्रचण्डलाई विश्वासको मत दिन काँग्रेसले लगायो ह्वीप ।
रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने ।
एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने ।
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने ।
एकीकृत समाजवादीको महासचिव बने घनश्याम भुषाल ।
उपराष्ट्रपतिको शपथ सोमबार ।
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण ।
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश ।
‘कोशी’ नामकरणविरुद्धको प्रदर्शन, प्रहरीद्वारा हवाई फायर ।
ओखलढुंगाबाट लाइसेन्स सेवा सुरु ।
छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ ।
तिलोत्तमा गोल्डकप अन्तरगत हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनल प्रवेश ।

प्रतिक्रिया