मन्त्रिपरिषद्को निर्णय : पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने

नेपालखोज २०७९ चैत ६ गते १०:०२

काठमाडाैं । सरकारले नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेकाे छ । आज बसेको मन्त्रिपरिषद्को बैठकबाट पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको जनाइएकाे छ ।

गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरिए हाे ।

प्रतिक्रिया