सोमबार, वैशाख २९, २०८२

कुन-कुन देशमा पाइन्छ सबैभन्दा स्वच्छ हावा ?

नेपालखोज २०७९ चैत ६ गते १२:४७

काठमाडाैं । सन् २०२२ मा विश्वका सबैभन्दा प्रदूषित ठाउँहरूमा यस्ता धेरै नाम समावेश भएका छन् जुन यसअघि शीर्ष १० मा थिएनन् ।

अमेरिकी क्षेत्राधिकार अन्तर्गत पर्ने गुआमलाई विश्वकै सर्वाधिक स्वच्छ हावा भएको क्षेत्र मानिएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेराले सबैभन्दा स्वच्छ हावा भएको राजधानीको उपाधि पाएको छ । पाकिस्तानको लाहोर सहर गत वर्षको तुलनामा १० स्थान ओरालो लाग्दै सन् २०२२ मा विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।

स्विट्जरल्याण्डको कम्पनी आईक्यू एयरले यो सर्वेक्षण जारी गरेको हो । जसमा मध्य अफ्रिकी देश चाड बंगलादेशबाट पहिलो नम्बर खोस्दै विश्वको सबैभन्दा प्रदूषित देश बनेको छ । इराक यो सुचिको दोस्रो नम्बरमा छ ।

शीर्ष २० प्रदूषित शहरहरूमा चीनको एउटा शहर होटन छ । यो लाहोरपछि दोस्रो स्थानमा छ। गत वर्ष सबैभन्दा प्रदूषित सहर बनेको भारतको भिवाडी यसपटक तेस्रो नम्बरमा छ । चौथो नम्बरमा भारतको राजधानी दिल्ली छ । पाकिस्तान तेस्रो प्रदूषित देशको सूचीमा परेको छ। पाकिस्तानका पाँच वटा सहर शीर्ष २० मा परेका छन् भने बहराइन चौथो स्थानमा छ । बंगलादेशको स्थान सुधार हुँदै पाँचौं स्थानमा छ ।

आइक्यू एयरले १ सय ३१ देशका ७ हजार ३ सय स्थानको अध्ययन गरी यो प्रतिवेदन तयार गरेको हो । यसका लागि ३० हजार क्वालिटी मोनिटरबाट प्राप्त डाटा अध्ययन गरिएको थियो ।

प्रतिक्रिया