बिहीबार, असार ५, २०८२

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा सरकार अल्पमतमा पर्यो : प्रचण्ड

नेपालखोज २०७९ चैत ६ गते १३:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा सरकार अल्पमतमा परेको बताए ।

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘राष्ट्रपतिमा सहमति खोजौँ भन्दा एमाले र राप्रपाका मन्त्रीहरुले राजीनामा दिएको र विश्वास फिर्ता लिएकाले यति छिट्टै विश्वासको मत लिनुपर्ने वातावरण बन्यो ।’

उनले विभिन्न समयमा राष्ट्रपति विवादित हुनुले पनि राष्ट्रिय सहमति खोजिनु गल्ती नभएको दाबी गरे ।

प्रतिक्रिया