शुक्रबार, वैशाख ७, २०८१

स्वास्थ्य नष्ट गर्ने मानसिक तनाव !

डा. अरुणा उप्रेती २०७९ चैत ७ गते ९:१२

एकजना गृहिणी जो बिहान सबेरैदेखि बेलुकी अबेरसम्म घरको काममा व्यस्त हुन्छिन् । बिहान समयमा दूध आएन, धारामा पानी आएन, स्कुल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन, तरकारीमा हाल्न मसला सिद्धिएछ, धोबीले समयमा लुगा ल्याएन, बच्चाको स्कुलको बस छुट्यो,भान्सामा चिया हाल्दा सिसाको कप फुट्यो, बेलुका बच्चालाई खाजा के बनाउने भन्ने चिन्ता, श्रीमान्‌को घडी हरायो जस्ता दैनिक समस्यादेखि लिएर घरपरिवारमा बिरामी, विवाह, मृत्यु जस्ता ठूला समस्या लिएर उनी मानसिक तनाव वा दबाव भोगिरहेकी हुन्छिन् ।

बेलुकीपख उनको टाउको र ढाड दुख्छ । बिस्तारै–बिस्तारै महिनावारी अनियमित हुन थाल्छ । खानामा रुचि घट्दै जान्छ । निद्रा राम्रोसित लाग्दैन । मुटु बेस्कन ढुकढुक गर्छ । ओछ्यानबाट उठ्दा जीउ कसैले थिलथिलो हुने गरी पिटेजस्तो लाग्छ । यसका लागि खास कुनै दबाईको जरूरत छैन तर तपाईंले आफ्नो दिनचर्यामा केही परिवर्तन गर्नुका साथै आफ्ना दैनिक जीवनका समस्या, पीर आदिका बारेमा घरपरिवारका व्यक्ति र श्रीमान्सँग कुरा गर्नुका साथै केही समय केवल आफ्नो लागि पनि खर्च गर्ने गर्नुपर्छ ।

मानसिक रोग विशेषज्ञको यस्ता निदान र उपचारले उनको समस्या शतप्रतिशत नभए पनि ८० प्रतिशत हराएर जान्छ । अझै उनलाई कहिलेकाहीं मुटु ढुकढुक हुने समस्याले सताउँछ । तर उनलाई थाहा छ, यो कुनै शारीरिक रोग होइन । त्यसैले उनी समस्यालाई समाधान गर्न अन्य उपाय गर्छिन् । माथिको विवरणले आम गृहिणीहरूलाई आइपर्न सक्ने एउटा समस्याको तस्बिर प्रस्तुत गर्छ । जति–जति समाजको शहरीकरण हुँदै जान्छ, मानिसहरूका इच्छा–आकांक्षा बढ्दै जान्छन्, काम बढी गर्नुपर्ने भएकोले मानिसहरूलाई समय कम हुँदै जान्छ, त्यति त्यति मानसिक तनाव पनि बढ्दै जान्छ । शहरीकरणको प्रक्रियासँगै मानिसहरूको बानी–व्यवहार बदलिंदै जान्छ, परिवार र व्यक्ति एक्लिने प्रक्रिया बढ्दै जान्छ र समस्या पनि एक्लैले समाधान गर्नुपर्ने हुनजान्छ ।

त्यसपछि दैनिक जीवनका तनावलाई अलिअलि गर्दै झेल्दै जानुपर्छ र स–साना तनाव जम्मा हुँदै गएर यसले थाहा नै नपाइकन ठूलो रूप लिन पुग्छ । यसको परिणामस्वरुप अनेक किसिमका शारीरिक समस्या देखा पर्छन् । लामो समयसम्म तनाव भइरहेमा यही नै पछि गएर मानसिक रोग, जस्तै– डिप्रेसन (अवसाद) आदिमा परिणत पनि हुनसक्छ । त्यसैले उच्च रक्तचाप, मुटुको रोग कतिजनाले यिनलाई ‘आधुनिकताको रोग’ भनेर पनि संज्ञा दिएका छन् । पश्चिमी जगतमा भौतिक सुख–सुविधा सँगसँगै मुटुको रोग, उच्च रक्तचाप, मानसिक रोग जस्ता समस्या विशेषगरी शहरीकरण भएका ठाउँमा देखा पर्न थालिसकेका छन् ।

अचेल पत्रपत्रिकामा युवक वा युवतीद्वारा आत्महत्या गरेको समाचार दिनहुँजसो पढ्न पाइन्छ । अहिले आएर कतिसम्म भइसकेको छ भने बालबालिकामा पनि तनावले शारीरिक र मानसिक असर देखिन थाले भन्ने खबर पत्रपत्रिकामा पढ्न पाइन्छ, जुन आजभन्दा केही वर्ष अगाडि बिरामीमा कल्पना समेत गर्दैनथ्यौं । अमेरिकाको कोलम्बस शहरको ओहियो विश्वविद्यालयका मनोवैज्ञानिक टिलमर एन्गेब्रेस्टनले यस विषयमा अनुसन्धान गरेर के फेला पारे भने लगातारको रिस, आवेग र आक्रोशले मुटुका कोषहरूलाई बिगार्ने र शरीरमा नराम्रो खालको बोसो बढाउने काम गर्छन् ।

किन होला त लगातारको रिस, आवेग र आक्रोशले हाम्रो लागि यस्तो विष जस्तै काम गर्ने ? वैज्ञानिकहरूले अनुसन्धान गरेर यसको कारण पत्ता लगाएका छन् । हामी कुनै मानिस धेरै रिसाउँछ भने ‘तिम्रो ब्लडप्रेसर बढेको छ कि क्या हो ? जँचाउन जाऊ’ भन्छौं । अर्थात्, सामान्यतया रिस, आवेग र उच्च रक्तचापको सम्बन्ध अब प्रायः सबैलाई थाहा भइसकेको छ । तर हामीमध्ये कसैलाई मात्र थाहा छ, हाम्रा अन्य विभिन्न शारीरिक रोग वा समस्या पनि मानसिक तनाव र चिन्तासँग नै सम्बन्धित हुनसक्छन् ।

उनी कुनै गम्भीर रोग लाग्यो कि भनेर अनेक खाले चिकित्सकहरूलाई देखाउँछिन् । तर समस्या पत्ता लाग्दैन । एकजना डाक्टर उनको समस्या शारीरिक नभएर मानसिक भएको हुनाले मानसिक रोग विशेषज्ञकहाँ जाने सल्लाह दिन्छन् । मानसिक रोग विशेषज्ञले उनको रोगको सम्पूर्ण विवरण लिन्छन्, उनको दिनचर्या, भावना र पारिवारिक वातावरणको बारेमा सोध्छन् र अन्त्यमा निष्कर्ष निकाल्छन्— तपाईंलाई कुनै पनि शारीरिक रोग भएको छैन । तपाईंको समस्या लामो समयसम्मको मानसिक तनावले गर्दा पैदा भएको हो ।

प्रतिक्रिया