जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज
नेपालखोज
२०७९ चैत ७ गते ९:०१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । बैठक पार्टी कार्यालयमा मध्याह्न साढे १२ बजे बस्ने बताइएको छ।
जसपाले चैत १५ भित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । जसपाको विधान अधिवेशन चैत २७, २८ र २९ गते हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया