अख्तियारले एआईजी ज्ञवालीको नागरिकता छानबिन गर्न गृहलाई दियो निर्देशन
नेपालखोज
२०७९ चैत ७ गते १३:५०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी श्यामलाल ज्ञवालीको नागरिकता र उमेर विवादका सम्बन्धमा आवश्यक छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार मात्रै एआइजीमा ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो । उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो दिएको हो ।
अख्तियारले प्रहरीका उच्च अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मागेर अध्ययन गर्न केही शंकास्पद डीआईजीको शैक्षिक प्रमाण पत्र र नागरि कता विवरण मागेकोमा ज्ञवालीमाथि थप छानबिन आवश्यक परेपछि विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन सोमबार साँझ गृहमा निर्देशन आएको थियो ।
सम्बन्धित

प्रतिक्रिया