प्रधानमन्त्री कपका लागि नेपाली टिमको घोषणा
नेपालखोज
२०७९ चैत ७ गते १४:२८

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
भोलि (बुधबार)देखि सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।
नेपाली टिममा सातजना नयाँ थपिएका छन् । नयाँ प्रशिक्षकले ए डिभिजन लिगमा पाँच चरणको प्रदर्शनका आधारमा नयाँ खेलाडी पहिचान गरेका हुन् ।
पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ । फिफा विण्डो पारेर दुई टोलीलाई आमन्त्रण गरी एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया