सोमबार, वैशाख २९, २०८२

चिप टाइकुन बिरुद्ध चीनमा भ्रष्टाचारको आरोप

नेपालखोज २०७९ चैत ७ गते १७:२६

एजेन्सी । चीनको भ्रष्टाचार विरोधी निकायले चिप टाइकुन चाओ वेइगुओ विरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ । चिनको सेमीकन्डक्टर उद्योग संकटमा परेका बेला यी आरोपहरु आएका हुन् । चाओ कम्प्युटर चिप निर्माता सिङ्गुआ युनिग्रुपका पूर्व अध्यक्ष हुन्।

सरकारले सेमीकन्डक्टर उद्योगमा अर्बौं डलर लगानी गरेको भए पनि यो प्रस्ताव अलपत्र वा असफल भयो । त्यसपछि गत वर्ष यो उद्योगसँग आवद्ध धेरै व्यक्तिको भ्रष्टाचार अनुसन्धान सुरु भएको थियो । चाओ तथा सिङ्घुआ समूहले यो बिषयमा कुनै प्रतिक्रिया दिएको छैन्।

आफ्नो विज्ञप्तिमा, अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोगले चाओले ‘सरकारी कम्पनीलाई आफ्नो व्यक्तिगत सम्पत्तिका रूपमा प्रयोग गरेको’ आरोप लगाएको छ। संगठनले चाओले आफ्ना नातेदार तथा साथीहरूलाई नाफामुखी व्यवसायमा पठाएको र उनीहरूले आफूसँग सम्बन्धित कम्पनीहरूबाट बजारभन्दा बढी मूल्यमा सामान तथा सेवाहरू किनेको बताएको छ।

प्रतिक्रिया