प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा
नेपालखोज
२०७९ चैत ७ गते १८:२३

काठमाडाैं । प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसीले मंगलबार आफ्नो टोली घोषणा गरेका हुन् ।
दशरथ रंगशालामा बुधबारदेखि सु? हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ । नेपालले उद्घाटन खेल मार्च २२ मा लाओससँग खेल्नेछ ।
मार्च २८ मा नेपाल र भुटानबीचको खेल अघि लाओसले मार्च २५ मा भुटानसँग खेल्नेछ । समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन् । फाइनल खेल मार्च ३१ मा साँझ ५ः३० बजे हुनेछ । सबै खेलहरू मार्चमा फिफा विन्डोमा खेलिनेछन् ।
सम्बन्धित








प्रतिक्रिया