अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प र पोर्न स्टार डेनियलको कथा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर भुक्तानी गरेको आरोपमा आफू पक्राउ पर्न सक्ने आशंका व्यक्त गरे पछि अहिले उनी चर्चामा छन् । यो मामिलामा अब के हुन्छ भन्ने कुरा न्यूयोर्क शहरका न्यायधिवक्ता एल्भिन ब्रागमा निर्भर हुनेछ । तर यदि ट्रम्प विरुद्ध आपराधिक मुद्दा दर्ता भयो भने उनी पक्राउ पर्ने पहिलो अमेरिकी पूर्व राष्ट्रपति हुनेछन् ।
को हुन् स्टोर्मी डेनियल ?
स्टोर्मी डेनियलको वास्तविक नाम स्टेफनी क्लिफर्ड हो जसको जन्म सन् १९७९ मा लुइसियानामा भएको थियो । उनले पहिले पोर्न फिल्म उद्योगमा अभिनेत्रीका रुपमा काम गरेकी थिइन् । सन् २००४ देखि उनि लेखक तथा निर्देशकका रुपमा पनि सकृय भइन् । उनको नयाँ नामका पछाडि पनि एउटा रोचक कथा छ । उनको नाममा स्टोर्मी शब्द प्रसिद्ध अमेरिकी ब्यान्ड मोत्ले क्रीयूको बास गिटारवादक निक्की सिक्सकी छोरीबाट लिइएको हो, जबकि डेनियल अमेरिकी व्हिस्की ब्रान्ड ज्याक डेनियलबाट लिइएको हो । साउथ अमेरिकाबाट आएका क्लिफर्डले यो व्हिस्कीको विज्ञापन हेरिन जसमा यो दक्षिण अमेरिकी मानिसहरूलाई मनपर्ने पेयु हो भनी दाबी गरिएको थियो । द ४०(इयर(ओल्ड भर्जिन र हुक अप जस्ता फिल्मका क्यामियो भूमिकाहरू तथा पप ब्यान्ड मारुन फाइभको वेक अप कल गीतको संगीत भिडियोमा देखा परेपछि उनको लोकप्रियता केही बढेको थियो। २०१० मा उनी लुइसियानाबाट अमेरिकी सिनेटका लागि उम्मेदवारीको दौडमा थिइन् तर, पछि आफूलाई गम्भीरतापूर्वक नलिइएको भन्दै उनि दौडबाट पछि हटिन् । यो मामला जुलाई २००६ मा सुरु हुन्छ, त्यतिबेलासम्म ट्रम्पले अमेरिकी राष्ट्रपति बन्ने दिशामा गम्भीर प्रयास थालेका थिएनन् ।
डेनियलको दाबी अनुसार उनले क्यालिफोर्निया र नेभाडाको बीचमा रहेको टोहे लेकमा च्यारिटी गल्फ प्रतियोगिताका क्रममा ट्रम्पलाई भेटेकि थिइन । सन् २०११ मा ‘इन टच वीकली’ लाई दिएको अन्तर्वार्तामा उनले ट्रम्पले उनलाई डिनरको निम्तो दिएको र उनी उनको होटलको कोठामा भेट्न गएको कुरा बताएकी थिइन् । यो अन्तर्वार्ता सन् २०११ मा दिइए पनि सन् २०१८ मा मात्र रिलिज भएको थियो । उक्त अन्तर्वार्तामा डेनियलले भनेकि छिन् , ‘उनी सोफामा पुरै फैलिएका थिए । टेलिभिजन हेर्दै वा केही गर्दै थिए । उनले पाइजामा लगाएका थिए ।’ डेनियलले त्यो रात होटेलमा दुवैले यौनसम्पर्क गरेको दाबी गरेकि थिइन् ।
यता ट्रम्पका वकिलले भने उनका क्लाइन्टले यो कुरालाई पूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । यदि डेनियलको भनाइमा सत्यता छ भने यो घटना ट्रम्पका कान्छा छोरा ब्यारोनको जन्म भएको चार महिना पछिको हो । मार्च २०१८ मा एक टिभी अन्तर्वार्तामा डेनियलले के दाबी गरिन् भने उनलाई ट्रम्पसँगको सम्बन्धका बारेमा चुप लाग्न धम्की दिइएको थियो । उनले आरोप लगाएकि छिन्, ‘२०११ मा मैले इन टच वीकली’लाई अन्तर्वार्ता दिँदै घटनाका बारेमा जानकारि दिए । त्यसको केही दिनपछि लस भेगासको एउटा कार पार्कमा एक व्यक्ति म नजिक आएर भने, ‘ट्रम्पलाई नचलाउनुहोस्।’
\जनवरी २०१८ मा अमेरिकी अखबार वाल स्ट्रीट जर्नलले एउटा लेख प्रकाशित गर्यो जसमा के दावी गरिएको थियो भने राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा डेनियललाई १ लाख ३० हजार तिरेका थिए । ट्रम्पले चुनाव जिते । यता डेनियलले अमेरिकी अखबार नेशनल इन्क्वायररलाई आफ्नो अफेयरको कथा बेच्न सम्पर्क गरेको आरोप पनि छ । जर्नलका अनुसार क्लिफर्डलाई यो रकम ट्रम्पसँगको आफ्नो अफेयर सार्वजनिक नगर्ने सर्तमा दिइएको थियो । कानूनी रूपमा यो भुक्तानी अवैध थिएन। तर जब ट्रम्पले कोहेनलाई भुक्तानी गरे, उनले यसलाई कानूनी शुल्कका रूपमा रेकर्ड गरे। न्यूयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पका तर्फबाट उनको कागजातमा छेडछाडको मामिला हो, जुन न्यूयोर्कमा आपराधिक कार्य हो ।
सार्वजनिक अभियोजकहरूले पनि ट्रम्पलाई यो मामिलामा चुनावी नियमको उल्लङ्घन गरेको आरोप लगाउन सक्छन्। किनभने ट्रम्पले स्टेफनी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गरिएको थियो ताकि उनले आफ्नो र स्टेफनी डेनियलबीचको सम्बन्धलाई मतदाताहरूबाट लुकाउन सकून् ।
न्युयोर्क शहरका जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागसँग ट्रम्पविरुद्ध अभियोग दर्ता गर्ने अधिकार छ। ट्रम्प विरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण छ कि छैन भनी पत्ता लगाउन उनीहरुले ग्रान्ड ज्युरी गठन गरेका छन् । हाल ट्रम्प विरुद्ध अभियोग लगाउन सकिन्छ कि सकिदैन भन्ने कुरा उनलाई मात्र थाहा छ । ट्रम्पका वकिलहरूले गत हप्ता भनेका थिए कि पूर्व राष्ट्रपतिलाई एक निर्णायक मण्डलमा उपस्थित हुने मौका दिइएको थियो जसबाट अनुसन्धानको अन्त्य नजिकै रहेको अनुमान लगाउन सकिन्छ । ट्रम्पका वकिलहरूले पनि आफू र ट्रम्पलाई अभियोगको कुनै अग्रिम सूचना नभएको बताएका छन्। वकिलहरूका अनुसार ट्रम्पको टिप्पणी मिडिया रिपोर्टहरूमा आधारित छ ।
माइकल कोहेनलाई २०१८ मा ट्रम्पको चुनाबि अभियानका क्रममा डेनियल र अर्की एक महिलालाई पैसा दिएको र अन्य अपराध गरेकोमा दोषी ठहर गरेपछि आजीवन काराबासको सजाय सुनाइएको थियो । स्टर्मी डेनियलले यो अनुसन्धानसँग सम्बन्धित वकिलहरूलाई पनि भेटेकि छिन् । अब स्टोर्मी डेनियलको मुद्दा अदालतमा सुनुवाइ हुनसक्छ ।
ट्रम्पले सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पुनः चुनावी मैदानमा उत्रने इच्छा व्यक्त गरेका छन्, यसैलाई मध्यनजर गर्दै यो विषयको निर्णय निकै महत्वपूर्ण भएको छ । बीबीसीका उत्तरी अमेरिकाका संवाददाता एन्थोनी जुर्चर भन्छन् ( अभियोग वा फौजदारी अभियोगले पनि ट्रम्पलाई अर्को राष्ट्रपति चुनावमा उम्मेदवार हुनबाट रोक्ने छैन । वास्तवमा, अमेरिकी कानूनमा त्यस्तो कुनै प्रावधान छैन जसले अपराधमा दोषी ठहरिएका व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार वा राष्ट्रपति बन्नबाट रोक्छ । कुनै पनि व्यक्तिले जेलमा रहेर पनि अमेरिकी राष्ट्रपतिको पद धारण गर्न सक्छ । यद्यपि, ट्रम्पको गिरफ्तारीले राष्ट्रपतिका लागि उनको दाबीलाई निश्चित रूपमा कमजोर बनाउनेछ ।
प्रतिक्रिया