त्रिवि सभापतिमा तीन जनालाई मनोनयन गरिएको खुलासा

नेपालखोज २०७९ चैत ८ गते १२:४६

काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले त्रिवि इकाई सभापति पदमा तीन जनालाई मनोनीत गरेको पत्र सार्वजनिक भएको छ ।

शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई त्रिवि समितिको सभापतिमा मनोनीत गरेको पत्र सार्वजनिक भएको हो ।

नेवि संघ सभापति शेर्पाले उक्त मनोनयन आधिकारिक नभएको बताए । उनले भने, ‘आधिकारिक मनोनयन केही दिनमै गरिने छ ।’

शेर्पाले योगेन्द्र रावल सभापति रहेको इकाई समिति भंग गरेपछि त्रिविमा विवाद छ । नेविसंघका असन्तुष्ट पक्षले शेर्पाको राजीनामा माग्दै उनलाई सभापति स्वीकार गर्न मानेका छैनन् ।

प्रतिक्रिया