कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही नियुक्त

नेपालखोज २०७९ चैत ९ गते ९:०५

काठमाडौं । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाहीलाई नियुक्त गरिएको छ ।

कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए ।

प्रतिक्रिया