राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । भारतका कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।
गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दा लागेको थियो । गान्धीलाई अधिकतम सजायको माग गरिएको थियो ।
अदालतको फैसलापछि गान्धीको पार्टी कांग्रेसले आधिकारिक प्रतिक्रिया दिएको छ । कांग्रेसको ट्विटर ह्यान्डलबाट यस विषयमा तीनवटा ट्वीट गरिएको छ ।
जारी एक विज्ञप्तिमा भनिएको छ, ‘सबैलाई थाहा छ। राहुल गान्धीले तानाशाहको विरुद्ध आवाज उठाइरहेका छन् । गलतलाई गलत भन्ने साहस देखाउँदैछन् । तानाशाह यस साहसबाट डराउँछन् । कहिले ईडी कहिले पुलिस । ,कहिलेकाही मुद्दा,कहिले सजायको धम्की दिने प्रयास भइरहेको छ । राहुल गान्धी जीले यस विषयमा न्यायपूर्ण अपील गर्नुहुनेछ । हामी लड्नेछौं र जित्नेछौं ।’ -बीबीसी

प्रतिक्रिया