बिहीबार, चैत १५, २०८०

सोसल मिडिया : क्यारिकेचर गर्दा विल्सनले थप्पड खाएको विषय के हो ?

नेपालखोज २०७९ चैत ९ गते १७:०५

काठमाडौं । प्रकाश सुवेदी, एक रङ्ग पत्रकार । उनको ब्राण्डेड टिभी सो हो, ‘रजतपट’ । सो कार्यक्रमका प्रस्तोता भएकै कारण धेरैले ‘रजतपट अङ्कल’ भन्न थाले । उनै सुवेदीलाई अहिले ‘चिप्लाउने अङ्कल’पनि भन्ने गरिन्छ । उनको दुई सो ‘रजतपट र द प्रकाश सुवेदी सो’चलिरहेको छ । एक राष्ट्रिय टेलिभिजनमा प्रसारणमा आउने कार्यक्रममा विभिन्न क्षेत्रका अनुज देखि अग्रज अनुहार गेस्टका रूपमा ल्याउँछन् । उनीहरूबाट केही न केही कन्ट्रोभर्सीका कुरा फुत्काउने कोसिस सञ्चालक सुवेदीको रहन्छ नै । 

केही हप्ता अघि मात्रै गायिका एलिना चौहानले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बारेमा दिएको जवाफले आलोचना रहनु परेको थियो । सो आलोचना सहन नपाउँदै पछिल्लो कार्यक्रम पुनः विवादमा आएको छ । उक्त कार्यक्रममा गेस्ट थिए विल्सन विक्रम राई उर्फ तक्मे बुढा । 

‘द प्रकाश सुवेदी सो’को भित्री सेगमेन्ट ‘कुन रूपमा चिन्नुहुन्छ ?’मा हाँस्य कलाकार नारायण त्रिपाठीको फोटो डिस्प्ले हुन्छ । फोटो देख्नासाथ विल्सनले ‘दाइ नमस्ते ! उहाँ नारायण त्रिपाठी’ भनेका छन् । विल्सनले नारायणको ठुलो फ्यान भन्न नपाउँदै प्रस्तोता सुवेदीले उहाँलाई त ‘प्रेम चरो’ पनि भन्ने गरिन्थ्यो भन्छन् । विल्सनले सहमति जनाउँदै क्यारिकेचर (सानो अंश)गर्छन् । उनले नारायणकै क्यारिकेचर गरेर कलाकार बनेको जस दिन्छन् । यत्तिकैमा सुवेदीले ‘उहाँ सँग तपाईँको केही ?’जिज्ञासा राखे । त्यस लगत्तै विल्सन नारायण त्रिपाठीसँग भएको घटनाबारे खुल्न थाल्छन् । घटना के सुरु गर्न थालेका थिए । सुवेदीले क्रस गर्दै ‘मैले सुनेको कुरा भन्छु है त’भनिहाले । विल्सनले भन्नु त भने । 

सुवेदीले विस्तार लगाए, साथीको सुटिङ झापामा भएको र सोही बेलामा एक होटेलमा भएको भेटमा विल्सनले नारायणलाई उनकै क्यारिकेचर सुनाएको बताए । विल्सनले सहमति जनाउँदै गए । सुवेदीले थपे, ‘तपाईँले क्यारिकेचर गरेपछि उहाँलाई तपाईँलाई गालामा थप्पड हान्नुभयो ।’थप्पड हानेको विल्सनले नकारे । उनले भने, ‘अरूले ताली पिटे । तर उहाँले समातेर बाहिर निकालिदिनु भो ।’ विल्सनले उहाँ (नारायण त्रिपाठी)ले बिर्सनु भयो होला सम्म भनेका छन् । तर मैले धक्का खाएको थेँ, त्यसैले नर्बिसेको विल्सनले बताएका छन् ।

त्यसपछि सुवेदीले त्यसपछि भेटघाट भयो ? भन्ने प्रश्न सोधेँ । जवाफमा विल्सन भने, ‘त्यसपछि कहिल्यै भेट भएन ।’सुवेदीले पुनः सोधेँ, केही भन्नु छ त आज ? ‘दाइहरूकै कलाकारिता हेरर, सिकेर यहाँ सम्म आको हो । उहाँको क्यारिकेचरले नै मेरो कलाकारितामा एउटा इट्टा थपेको हो ।’ विल्सनले जवाफ दिए । उनले फेरि थपे, ‘उहाँ त्यसो नगर्नुभएको भए आज म यहाँ हुन्थिन । त्यो उहाँले गर्नु नै पर्थ्यो ।’ त्यसपछि सञ्चालकको आग्रहमा हाँस्य कलाकारको त्रिपाठीको क्यारिकेचर गरे ।

भिडियो सार्वजनिक गरेपछि क्यारिकेचर गर्दा बाहिर निकालेको क्लिप सामाजिक सञ्जालमा भाइरल बन्यो । कमेन्टमा आलोचना सुरु भएपछि हाँस्य कलाकार नारायण त्रिपाठीले अमेरिकाबाट टिकटकमा प्रतिक्रिया दिएका छन् । त्रिपाठीले घटना आफूलाई सम्झना नभएको बताएका छन् । ‘भूल बस गल्ती भएको भए र उहाँ (विल्सन)लाई चित्त दुखेको छ भने सरी भन्न चाहन्छु ।’ उनले भने । ‘त्यो बेला दमकमा मेरो क्यारिकेचर गर्ने बच्चा थुप्रै हुन्थे । म कलाकार छान्न गएको पनि थिइन् । आफ्नो भूमिका निर्वाह गर्न गएको थेँ । उहाँले कोठामा आएको भन्नु भएको छ । कोठामा पनि भेट्न आउनेको भिड हुन्थ्यो ।’

कलाकार त्रिपाठीले २७ वर्षपछि मैले नसम्झेको घटना कार्यक्रम हिट बनाउनका लागि खोतलिएकोमा दुख व्यक्त गरेका छन् । उनले गलत लान्छाना लगाउने काम बन्द गर्न आग्रह गरेका छन् । त्रिपाठी केही दशकदेखि अमेरिकामा छन् । उनले हाँस्य र अभिनयको पेसा छाडेको उक्त भिडियोमा बताएका छन् ।

प्रतिक्रिया