बुधबार, वैशाख १२, २०८१

तिलोत्तमा गोल्डकपमा उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने

नेपालखोज २०७९ चैत ९ गते २१:३६

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै मनाङ फाइनलमा पुग्न सफल भएको हो । यससँगै अब तिलोत्तमा गोल्डकप उपाधिका लागि मनाङ र सुदूरपश्चिम-११ भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताका विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ ।

प्रतिक्रिया