पानामाविरुद्ध अर्जेन्टिनाको जित
नेपालखोज
२०७९ चैत १० गते ८:५६

काठमाडाैं । कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले पानामालाई २–० ले हराएको छ । घरेलु मैदानमा अर्जेन्टिनाको जितमा थिअगो अलमाडा र मेसीले समान एक गोल गरेका हुन् ।
शुक्रबार बिहान फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । फिफा वरियतामा ६१औं स्थानमा रहेको पानामाविरुद्ध दोस्रो स्थानको अर्जेन्टिनाले गोल गर्न दोस्रो हाफ कुर्नु परेको थियो । खेलको ७८औं मिनेटमा थिअगोले पहिलो गोल गरे । मेसीले प्रहार गरेको फ्रिकिक पोलमा लागेर रिबाउन्ड आउँदा थिअगोले डेब्यु गोल गरे । अर्जेन्टिनाका लागि उनले पहिलो खेल खेलका हुन् ।
खेल सकिन एक मिनेटअघि मेसीले अग्रता दोब्बर बनाए । मेसीले फ्रिकिकमै गोल गरे ।
सम्बन्धित
प्रतिक्रिया