निर्भया प्रकरण : चारैजना दोषीलाई मृत्युदण्ड, भारतभर खुसीयाली
एजेन्सी । निर्भया सामुहिक बलात्कार घटनाका चारैजना दोषीलाई शुक्रवार आज बिहान ५ः३० मा तिहाड जेलमा मृत्युदण्ड दिइएको छ ।
१६ डिसेम्बर २०१२ सालमा दिल्लीमा एक बसमा अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहले निर्भयाको सामुहिक बलात्कार गरेका थिए । त्यसको केहि दिनपछि निर्भयाको मृत्यु भएको थियो । त्यसबेला भारतभर निर्भया काण्डको बलात्कारको बिरोध भएको थियो ।
२६ वर्षिया विनय शर्मा, ३१ वर्षिया अक्षयकुमार, ३२ वर्षिया मुकेश सिंह र २५ वर्षिया पवन गुप्तालाई आज बिहान एकैसाथ मृत्युदण्ड दिइएको छ । अब यिनीहरुको शवलाई पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।
भारतिय समयअनुसार करिब ८ देखि ८ः३० बजेसम्म शवलाई पोस्टमार्टम गरिनेछ भने त्यसपछि मात्रै उनिहरुको शवलाई परिवारको जिम्मा लगाइने भएको छ ।
तर उनिहरुको शव आफन्तले लिन अस्वीकार गरेभने उनिहरुको अन्तिम संस्कार तिहाड जेलले नै गर्ने भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । भारतमा ८ बर्ष लामो संघर्षपछि एउटा चेलीलाई न्याय मिलेको भन्दै यतिबेला भारतभरी खुसीयाली मनाइ रहेका छन् ।
प्रतिक्रिया