बिहीबार, वैशाख १३, २०८१

पहिचान पक्षधर आन्दोलनका घाइते लिम्बुको निधन

नेपालखोज २०७९ चैत १० गते १०:४०

काठमाडौं । कोशी प्रदेश विरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बुको निधन भएको छ । गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी भएका उनी सशस्त्र प्रहरीको आक्रमणमा परी गम्भीर घाइते भएका थिए ।

लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमाण्डर लिम्बुको शुक्रबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकै क्रममा निधन भएको संघीय लिम्बुवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमले बताए ।

प्रदेश–१ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातिय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् । मोरङको लालभित्ती घर भएका लाजेहाङ धरान–१५ मा बस्दै आएका थिए ।

प्रतिक्रिया