फ्रान्समा लाखौं मानिस सडकमा उत्रिए, आखिर किन ?
नेपालखोज
२०७९ चैत १० गते १२:५४

काठमाडौं । फ्रान्समा निवृत्तिभरणको उमेर बढाउने विषयमा हिंसात्मक प्रदर्शन भइरहेको छ । यसैक्रममा प्रदर्शनकारीले बिहीबार बोर्डो टाउन हलमा आगजनी गरेका छन् ।
आगलागीबाट भवनको ढोका नराम्ररी जलेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।
हलमा आगो कसले लगायो भन्ने खुल्न नसकेको भए पनि केही बेरमा आगो निभाइएको थियो ।
गृह मन्त्रालयको तथ्यांकअनुसार बिहीबार फ्रान्समा सडकमा झण्डै १० लाख मानिसले प्रदर्शनमा भाग लिएका थिए भने राजधानी पेरिसमा झण्डै १ लाख १९ हजार मानिसले प्रदर्शनमा सहभागिता जनाएका थिए ।
पेरिसमा प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ र देशभरबाट ८० जनालाई पक्राउ गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया