बिहीबार, वैशाख १३, २०८१

एलन मस्क आर्टिफिसियल इन्टेलिजेन्सलाई रोक्न चाहन्छन्

नेपालखोज २०७९ चैत १९ गते १२:२२

काठमाडाैं । प्राविधिक जगतका दिग्गज खेलाडीहरूले आर्टिफिसियल इन्टेलिजेन्सका कारण मानवतामा खतरा उत्पन्न हुने आशंका व्यक्त गरेका छन् । कतिपयले यसलाई व्यर्थको विलाप भनेका छन् भने कतिपयले यसलाई आवश्यक चिन्ताको विषय मानेका छन् । आखिर कुरा के हो त ? के प्राविधिक कम्पनीहरूले शक्तिशाली कृत्रिम बुद्धिमत्तापुर्ण प्रविधि धेरै छिटो विकास गर्दैछन् ? के यो प्रविधिले मानिसलाई पनि पछाडि छोड्नेछ ?

टेस्लाका मालिक एलन मस्क तथा एप्पलका सह-संस्थापक स्टिभ वोज्नियाक जस्ता प्रख्यात टेक दिग्गजहरू आर्टिफिसियल इन्टेलिजेन्सको जोखिम प्रति विचार गर्न त्यस्ता प्रविधिलाई कम्तिमा छ महिना रोक्न चाहन्छन् । सान फ्रान्सिस्को स्टार्टअप ओपन एआईले हालसालै जिपिटि- ४ रिलीजको घोषणा गरेको छ । यसपछि माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीहरू बिच पनि यस्ता एप्लिकेसन जारी गर्ने प्रतिस्पर्धा सुरु भएको छ । यसैलाइ मध्यनजर गर्दा प्राविधिक क्षेत्रका दिग्गजहरूले आर्टिफिसियल इन्टेलिजेन्सका सम्बन्धमा चिन्ता व्यक्त गर्दै पत्र लेखेका छन् ।

त्यस्तो पत्रमा चेतावनी दिइएको छ – “मानव प्रतिस्पर्धात्मक बुद्धिमत्ता भएका यस्ता कृत्रिम बुद्धिमत्ता प्रणालीहरू समाज र मानवताका लागि खतरनाक साबित हुन सक्छन ।” इन्टरनेटमा गलत जानकारीको बाढी आउने अनि मानिसहरुले जागिर गुमाउने खतरा यसका तत्कालका खतरा हुन् । “हालका महिनाहरूमा एआई ल्याबहरू शक्तिशाली डिजिटल मस्तिष्क निर्माणको अनियन्त्रित दौडमा संलग्न छन् । ति सिर्जनाकर्ताहरूलाइ पनि यसको परिणाम थाहा छैन ।” यसलाई आत्मविश्वासका साथ नियन्त्रण गर्न सकिने अवस्था छैन् । टेक दिग्गजहरु लेख्छन, “हामी सबै एआई ल्याबहरूलाई कम्तिमा छ महिनाको लागि जिपिटि- ४ (GPT-4 )भन्दा बढी शक्तिशाली कृत्रिम बुद्धिमत्ताको प्ररिक्षण रोक्न आग्रह गर्दछौं ।” पत्रमा लेखिएको छ, “यो प्रतिबन्ध सार्वजनिक हुनुपर्छ, जसको पुष्टी हुनसक्छ र सबै प्रमुख व्यक्तिहरू यसमा संलग्न हुनुपर्नेछ । यदि यस्तो प्रतिबन्ध तुरुन्तै लागु भएन भने सरकारहरू अगाडि आएर प्रतिबन्ध लगाउनुपर्छ ।” धेरै देशहरूमा सरकारहरूले पहिले नै उच्च जोखिमयुक्त कृत्रिम बुद्धिमत्ता उपकरणहरूको नियन्त्रणमा काम गरिरहेका छन् । गएको बुधबार बेलायत सरकारले यस सम्बन्धमा एउटा पत्र जारी गरी आफ्नो प्रस्ताव प्रस्तुत गरेको थियो । यता युरोपेली संघका सांसदहरूले पनि आर्टिफिसियल इन्टेलिजेन्सका सम्बन्धमा नियम बनाउन छलफल गरिरहेका छन् ।

एआई( AI )विरुद्ध कसले अपिल गरेको छ ?

यो अपील एनजीओ फ्युचर फर लाइफ इन्स्टिच्युटको पहलमा जारी गरिएको हो। यसमा स्टुअर्ट रसेल, ग्यारी मार्कस तथा आर्टिफिसियल इन्टेलिजेन्स नेता योशुआ बेन्जी जस्ता प्रमुख एआई अनुसन्धानकर्ताहरूले हस्ताक्षर गरेका छन्। यस बाहेक राष्ट्रपति पदका पूर्व अमेरिकी उम्मेदवार एन्ड्रयु याङ र बुलेटिन अफ द एटोमिक साइन्टिस्टका प्रमुख राहेल ब्रन्सनले पनि यसमा हस्ताक्षर गरेका छन् । टेस्ला, ट्विटर र स्पेसएक्सका सीईओ एलोन मस्क ओपन एआईका सह-संस्थापक तथा प्रारम्भिक लगानीकर्ता हुन्। यद्यपि उनले पनि एआइ द्वारा खडा भएको अस्तित्वको खतराका बारेमा चिन्ता व्यक्त गर्दै आएका छन । यसमा एउटा अचम्मको नाम पनि छ, इमाद मोस्ताक जो आफैं स्टेबिलिटी एआईका सीईओ हुन् । यहि कम्पनीले एआई इमेज जेनरेटर स्टेबल डिफ्युजन बनाएको छ र अमेजनसँग साझेदारी गरेको छ। यसले ओपेन एआई को समान जेनरेटर डल-ई ( Doll-e ) सँग प्रतिस्पर्धा गर्छ ।

य‍ो पत्रले एआईलाई हालको वास्तविकता भन्दा स्मार्ट भएको देखाएको छ । यो पत्रमा न्यूयोर्क विश्वविद्यालयका प्रोफेसर ग्यारी मार्कुलले पनि हस्ताक्षर गरेका छन् । एक ब्लग पोस्टमा उनले लेखेका छन्- उनी ती व्यक्तिहरूसँग असहमत छन् जसले कृत्रिम बुद्धिमत्ताले मानिसको नियन्त्रणभन्दा बाहिरको कुरामा छिट्टै सुधार गर्ने सम्भावना व्यक्त गरेका छन् । मार्कसले लेखेका छन, “वर्तमान प्रविधिले पहिले नै ठूला खतराहरू ल्याइसकेको छ जसको सामना गर्न हामी तयार छैनौं, भविष्यका टेक्नोलोजीसँग स्थिति अझ खराब हुन सक्छ ।”

एपी

प्रतिक्रिया